लामो समयको अन्तरालमा

Tuesday, April 24, 2012, Posted by Gyanu Basnet,


लामो समयको अन्तरालमा म पुन आफ्नो ब्लगमा मनको भारी  बिसाउन फर्किएको छु । प्रवासमा कामको पीडा, व्यस्तता विविध समस्याहरूका कारण समय दिन सकिएन । मित्रहरू आउदा जाँदा अल्छे ब्लगर भन्न पनि सायदभन्नु भयो होला । यस नयाँवर्षबाट नयाँ स्वरूपमा नयाँ Domain - http://www.gyanubasnet.com/ ब्लगको न्वारान शुक्लपक्ष  Suklapaksha भनेर गरियो जसलार्इ , यो  मेरो साहित्यक उपनाम हो तर यहाँ प्रायः मैले उपनामको प्रयोग नगरी रहेको खण्डमा ब्लगलार्इ नै पूर्ण रूपमा पूर्ण  अलंकारिक  नामाकरण गरेको छु यानिकी उपनामका रूपमा ब्लगलार्इ नै पूर्णाधिकार दिएको छु  र उही पुरानै ब्लग साहित्य मन्जरी http://sahityamanjaree.blogspot.com/ सँगै उपस्थित भएको छु । दैनिक नभएपनि साप्ताहिक उपस्थितिको निधो गरेको छु ।

ढिलै भएपनि सम्पुर्ण मित्रहरूमा नयाँ वर्ष २०६९ सालको उपलक्ष्यमा सुस्वास्थ्य सुख शान्ति एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगमय शुभकामना व्यक्त गर्न चाहन्छु  ।

साथै यस ब्लग प्रति तपार्इका सल्लाह सुझाव जानकारी  जिज्ञासा एवम प्रतिक्रियाहरू Comment box लेखी सहयोग पुर्याउनु भए अझ कृतज्ञ हुने छु ।

धन्यवाद ।

Gyanu Basnet
email me : bsgyanu212@gmail.com



No Comment