Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

चोखो माया लाउँदा पनि

Wednesday, February 01, 2012, Posted by Gyanu Basnet,


                   गीत


             चोखो माया लाउँदा पनि... 


चोखो माया लाउँदा पनि किन मलार्इ पाप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो


तिम्रा मनका कुराहरू नभने नि बुझ्थेँ मैले
सबै कुरा स्वीकारेर मनैभित्र पुज्थेँ मैले
अनायसै बिछोडिदा नसहिने ताप लाग्यो

गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो
चोखो माया लाउँदा पनि.....




आँखाभरी सागर छ एकान्तले रूझाएर
गाह्रो रैछ सम्हालिन घाइते मन बुझाएर
कुनै दिन नसोचेको कस्तो अभिषाप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो

चोखो माया लाउँदा पनि किन मलार्इ पाप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो
ज्ञानु बस्नेत
मितिः २०६४–०७–१३गते
Continue Reading →

सम्झनाको कोसेली यो ...

Saturday, December 31, 2011, Posted by Gyanu Basnet,




             गीत

सम्झनाको कोसेली यो तिमी थापी देऊ
माया बोकी ल्याएको छु दील्मा राखी देऊ


मनभन्दा ठूलो अर्को संसारमा केही छैन
मन्मा राखे नअटाउने केही पनि छैन
सम्झनाको कोसेली यो तिमी थापी देऊ
माया बोकी ल्याएको छु दील्मा राखी देऊ



विश्वास गरे मनलाई माया छोटो हुन्न
मनै भित्र साँची राखे माया खोटो हुन्न
सम्झनाको कोसेली यो तिमी थापी देऊ
माया बोकी ल्याएको छु दील्मा राखी देऊ

-ज्ञानु बस्नेत
२०६१ साल ५ -२४ गते बिहीबार जिजिविषामा प्रकाशित


Continue Reading →

गीत

Friday, October 17, 2008, Posted by Gyanu,


चेलीको वेदना

मखमली फूल फुल्यो आयो तिहार 
फूल टिपी हार गुथेँ गयो सुकेर

उराठ लाग्छ आज मलाई वन पाखा सारा
डाँडै काटी जाने माइतीले नसम्झिदा घर
भाईटीका जाने भो आसै गरेर
सजाइएका शिंगारहरु गैदिए खेर
आकाश धर्ती रमाइलो छ सारंगीको प्रीतले
टुहरी जस्तै हुनु पर्‍यो माइती छँदै मैले
सम्झेनौ भाइटीका चेली छौ भनेर
बगाउँदा आँसु कति सुके परेला
Continue Reading →