किन होला यो मन अचेल ...

Friday, January 13, 2012, Posted by Gyanu Basnet,


                      गीत

किन होला यो मन अचेल कता कता डुली दिन्छ
मनभरी प्रीतको लाली गुराँस फूली दिन्छ

लाग्छ तिमी बोल्दा मलार्इ धेरै माया गरे जस्तो
यता उता जता हेर्‍यो तिम्रै छाँया परे जस्तो
कल्पनामा तिमी तिमी तिमी घुली दिन्छ
मनभरी प्रीतको लाली गुराँस फूली दिन्छ

धनभन्दा तिमीभित्र देख्छु मनको रास
झनझन बढ्छ त्यसैले नै जीवनको आस
पला पला मनभित्र खुसी चुली दिन्छ
मनभरी प्रीतको लाली गुराँस फूली दिन्छ


किन होला यो मन अचेल कता कता डुली दिन्छ
मनभरी प्रीतको लाली गुराँस फूली दिन्छ

-ज्ञानु बस्नेत
मितिः २०६४।०८। १५ गते



No Comment