Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ

Thursday, September 20, 2012, Posted by Gyanu Basnet,


Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ

५ असोज,काठमाडौँ । केहि समय अगाडी मात्र हेल्प नेपाल नेटवर्क लगायतका संस्थाहरुको  लागि अहोरात्र खटिएर भोट गरेका नेपालीहरुले अब फेरी त्यस्तै अर्को सामाजिक कार्यको लागि भोट गर्नु पर्ने भएको छ ।

अमेरीकी समाचार संस्था सिएनएनले हरेक वर्ष दिंदै आएको सिएनएन हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत परेकी छिन् । केबल न्यूज नेटवर्क सिएनएनले हिजो एक कार्यक्रममार्फत् सार्वजनिक गरेको सिएनएन हिरोज् २०१२ को उत्कृष्ट १० जनाको मनोनयनमा पुष्पा पनि परेकी हुन् । नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका बाबुआमाका सन्तानको लागि आवासीय हेरचाह तथा स्याहार केन्द्र संचालन गरिरहेकी पुष्पा बस्नेतलाई उनको त्यही योगदानस्वरुप सिएनएन हिरोजको लागि मनोनयन गरिएको हो ।


जेलको भित्ताभित्र विताइरहेका अबोध बालबालिकाहरूको अधिकारका लागि लडिरहेकि पुष्षा बस्नेत केहि अगाडि कोरियामासमेत सम्मानित बनिसकेकि छिन् ।

संसारकै  गौरव नेपालकी  चेलि समाजसेवी पुष्पा बस्नेत अहिले सँसारका हजारौ यस्तै समाजिक क्षेत्रमा योगदान दिनुहुने समाजसेवीबाट विश्वको सिएनएन हिरोको रूपमा १० जना भित्र छानिएकि छिन् । नेपालकि पुष्पा बस्नेतलार्इ हाम्रो सहयोगले समाजसेवामा समर्पित हुन हौसला मिल्छ भने हाम्रो हौसला मात्रै दिने हात किन पछाडि पार्ने? यस सिएनएन हिरोको प्रतिस्पर्धामा हाम्री नेपाली समाजसेवी पुष्पा बस्नेतलार्इ भोट दिएर सानो सानो सहयोगले उनका सपना पुरा गरानु हाम्रो दायित्व हुनेछ । त्यसैले आउनुहोस् पुष्पा बस्नेतलाइ मत दिएर सिएनएन हिरो बनाउन केहि समय खर्च गरौ ।


  

भोट कसरी गर्ने त?

1. यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html  मा क्लिक गर्नुहोस् ।



2. 'Vote Now' button मा क्लिक गर्नुहोस् ।



अथवा



 1. यो लिङ्क  http://heroes.cnn.com/ मा जानुहोस्

3. PUSHPA BASNET को फोटो वा नाममा क्लिक गर्नुहोस


4. इमेल टाइप गर्नुहोस् ।


5. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् ।


6. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।


उदाहरणका लागि: 
  

यदि तपाइले फेसबुक आइडीबाट भोट गर्नुहुन्छ भने दायाँ पट्टि लेखिएको फेसबुक लगइनमा क्लिक गरेपछि अर्को विन्डोको लगइन फेसबुकमा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ ।


यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म  भोट दिन सक्नुहुनेछ ।



यसपटक पनि विश्वभरका ६ राष्ट्रबाट १० जनालाई सिएनएन हिरोजको अन्तिम मनोनयनमा छानिएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये नेपालसँगै अफगानिस्तानकी एक महिला पनि मनोनयनमा परेकी छिन् । मनोनयनमा परेकालाई सिएनएनको आधिकारीक वेभसाईट वा मोबाईल फोनमार्फत भोटिङ गर्न सकिनेछ।

मनोनितहरुलाई अनलाईन भोटिङ गर्ने समय नोभेम्बर २८ तारीखसम्म तोकिएको छ भने डिसेम्बर २ तारीखमा विश्वभर प्रत्यक्ष प्रशारण हुने विशेष समारोहमार्फत सिएनएन हिरोजको उपाधि दिईनेछ।

मनोनयनमा परेका दशै जनाले उनीहरुको सामाजिक अभियानलाई निरन्तरता दिन ५० हजार अमेरीकी डलर सहयोग पाउनेछन् भने सिएनएन हिरोजको उपाधि जित्न सफल हुने एक जनाले थप २ लाख ५० हजार अमेरीकी डलरको सहयोग प्राप्त गर्नेछन् । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला प्रदान गर्न सिएनएनले ६ वर्ष अघिदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो ।


यसअघि चेलीवेटी वेचविखनविरुद्ध योगदान पु¥याएवापत नेपालकै अनुराधा कोईरालाले पनि सिएनएन हिरो उपमा पाइसकेकी छिन् ।Source=Saharasansar.com

No Comment