हार्दिक समवेदना

Monday, April 27, 2015, Posted by Gyanu Basnet,


यस बिपत्तिको घडीमा जिवन गुमाउनु हुने सबै नेपाली तथा विदेशीहरू प्रति हार्दिक समवेदना साथै मृतकहरूको आत्माको चिर शान्तिको लागि कामना !!!

एवम् शोकसन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति दिउन् !!!
घाइते हुनुहुनै सबै महानुभावहरूको शीघ्र स्वास्थ्य लाभको कामना !!!





मेरो गीतको सानो अंश
आँखाको झिम्काइ मै मेरो शहर ढल्यो
शहरसँगै सजिएको प्यारो रहर ढल्यो... 
©Gyanu Basnet

Continue Reading →

Some of Popular Web Design Trends Used in 2014

Wednesday, December 31, 2014, Posted by Gyanu Basnet,


In Nutshell, I think these are some of mostly used Popular Web Design Trends in 2014. I will not explain this a lot now but  just  summarize  as list what I'm remembering. And Bye Bye 2014 and Happy New Year 2015.

Some of Popular Web Design Trends Used in 2014 :

Mobile-First Design
Universal compatibility (RWD - Responsive Web Design)
Grid-Style Layouts
HTML5 Video Players
Ambient Video Backgrounds
HTML5 Canvas
CSS3 Animated Keyframes
Flat Design Elements
Box sliders
Scrolling Over Clicking
Crafty Image Captions
Extended Form Elements
Deeply-Focused Landing Pages
3D Transition Effects
Full Screen photography
SVG Images & Icons
Bad Parallax Scrolling
Unique Web Copy
Pixel Sprites & Browser Games
Lazy-Loading Animations
Customized Image Galleries
Mega-Navigation Menus
Expanding Search Bars
Featured Detail Lists
Loading screens
Quick User Registration
Stock Photos

What about you?
If you think more than this please  share your ideas in comments.
Continue Reading →

इजरायली क्षेत्रीय सुरक्षा निर्देशनालयले जारी गरेको आपतकालीन सुरक्षा निर्देशनहरू भिडियो सहित

Friday, July 18, 2014, Posted by Gyanu Basnet,


इजरायली क्षेत्रीय सुरक्षा निर्देशनालय पिकुद हा ओरेफले नागरिक सुरक्षाका लागि जारी गरेको आपतकालीन सुरक्षा निर्देशनहरू

यतिबेला इजरायल चर्को युद्दतिर धकेलिदै गरेको सबैलाइ था भएकै कुरा हो । जस्ले नेपाली कामदारहरूमा पनि केही त्रास थप्दै गएको कुरामा वादविवाद गर्नु पर्ने कुनै अर्थ छैन । त्यसैले यस्तो खतरामा सके सम्म बच्नका लागि कसरी सुरक्षित रहने बारेमा केही जानकारी होस भनेर यो सामाग्री प्रस्तुत गरिएको छ पुरा पढ्नु होला  यी उपायहरूले जीवन बच्न सक्छ।

Photo Credits: Pikut Ha Oref
जब खतरापूर्ण रेड एलर्ट साइरन बज्दछ (जब हमासले गाँजाबाट रकेट पठाउँछ तब सुरक्षाका लागि इजरायलमा पब्लिक एलर्टका लागि साइरन बज्दछ) तेति बेला के कस्ता उपायाहरू अपनाउनु पर्दछ यी इजरायली क्षेत्रीय सुरक्षा निर्देशनालयबाट प्राप्त निर्देशनहरू पालना गर्नु पर्दछ।

भिडियो हेर्नुस



गाँजाबाट तपार्इं कुन क्षेत्रमा बस्नु हुन्छ त्यहाँ गाँजाबाट रकेट आइपुग्न लाग्ने समय चित्रमा दिइएको रंगहरूको सहायता लिनु होला ।

Credits: Pikud Ha Oref

निर्देशनहरूः
जब साइरन एलर्ट सुन्नु हुन्छ अथवा विस्फोटको आवाज सुन्नु हुन्छ, रकेटहरू आउँदै गरेको देख्नु हुन्छ, तेति वेला साइरन बजुञ्जेल सम्ममा सुरक्षा उपायाहरू तथा प्रकियाहरू पूर्ण रूपमा पालना गर्नु अति आवश्यक हुन आउँदछ,यो कुरा तपार्इ बसेको क्षेत्रमा गाँजाबाट रकेट आइपुग्न लाग्ने समयमा भर पर्दछ र तपार्इले यहाँ दिइएको निर्देशनहरू पालना गर्नु पर्दछः

घरमा हुनुहुन्छ भनेः घरको सुरक्षित एरिया मा बस्ने, भरयाङको तल बीच भाग तिर बस्ने, प्रत्येक सपिङ सेन्टर तथा सुभर मार्केटमा सेल्टर shelter लेखिएको ठाउँ तिर गएर बस्ने, प्रत्येक घरको तल सेक्युरीटि रूम हुन्छ त्यहाँ गइ बस्ने र सबै झ्याल ढोकाहरू बन्द गरी बस्ने ।

घरभन्दा बाहिर तथा बाटोमा हुनुहुन्छ रेड एलर्ट साइरन बज्योः जति सक्दो चाँडो नजिकैको घर तथा बिल्डङ भित्र छिर्ने,भित्तमा अढेस लाग्ने, यदि नजिकैमा बिल्डिङहरू शेल्टरहरू छैन भने अथवा तपार्इ खुला ठाउँमा हुनुहुन्छ भने भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने र ५ देखि दश मिनेटसम्म पर्खने।

सार्वजनिक यातायात तथा सवारी साधनमा हुँदाः यदि सार्वजनिक यातायातका साधनहरूमा हुँदा ड्राइभरले नै निर्देशन दिनेछ र इजरायलीहरू ले जसो गर्छन आफू पनि तेसै गर्ने । आफैले सवारी साधानहरू चलाउँदै हुनु हुन्छ भने सडकमा साइड लगाइ आफू बाहीर निस्केर नजिकैको विल्डङ भित्र पस्ने, सेल्टर भित्र जाने र यदि त्यो असम्भव भएमा सवारी साधनबाट बाहिर निस्कने बित्तिकै भुर्इंमा घोप्टो परेर दुइ हात टाउको माथि राखी टाउकोलार्इ लुकाउने यदि कारबाट बाहिर निस्कन असम्भव भएमा रोडको छेउमा रोकेर कम्तीमा दश मिनेट सम्म कुर्ने ।

अन्य सुरक्षा उपायहरूः
निवासस्थानको जुन चाही तेस्रो तला भन्दा माथिका तलाहरूको शर्तमा, तपाइले काम गर्ने घरको माथिल्लो तलामा हुनुहुन्छ जहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने दुइ तला मुनी आएर बस्ने ।

घरको तेस्रो तलाको शर्तमाः यदि घरको माथिल्लो तला नै तेस्रो तला हो भने र यदि त्यहाँ कुनै सुरक्षित ठाउँहरू, शेल्टर तथा मिक्लातहरू छैन भने एक तला तल आएर बस्ने ।

यस्तो अवस्थामा घरको प्रवेशद्वार अगाडी अथवा बाहीर ननिस्कनु हुन सबै जनालार्इ अनुरोध गरिन्छ किनकी त्यति बेला त्यही घर नजिकै मिसाइल तथा विस्फोटक पदार्थहरूको खतरा हुन सक्छ र हुने छ ।

अन्यथा निर्देशन बाहेक दश मिनेट पछि त्यो सुरक्षित क्षेत्र छोड्न सक्नु हुने छ ।

कुनै पनि बेला कुनै संकास्पद बस्तु जस्तो लागेमा वा अचानक रकेट कतै भुइमा लडिरहेको देख्नु भएमा अरू मान्छेलार्इ राख्नुस र तुरून्त पुलिसलार्इ खबर गर्नुस ।

रेडियो टिभीहरू दिदै गरिएका सूचनाहरू तथा समाचारहरू सुन्दै गर्नुस एलर्ट हुनुस ।

स्रोतः पिकुद हा ओरेफ द्वारा जारी निर्देशनहरू

For More Information Please Call 104 or Visit: www.oref.org.il, Stay safe.

Continue Reading →

गुरू पुर्णिमा र गुरूहरूको संस्मरण

Saturday, July 12, 2014, Posted by Gyanu Basnet,


आज असार २८ गते शनिबार, गुरु पुर्णिमा अर्थात गुरुहरुको सम्मान गर्ने दिन, स्मरण गर्ने दिन। आजको यस पावन अवसरमा धेरै मित्रहरुले आफ्ना गुरुहरुलाई सम्मान तथा सत्कार गरिसक्नु भयो होला । आफू विदेशी भूमीमा भएकोले स्मरण बाहेक केही छैन ।

सर्वप्रथम त मलाइ केही कुराहरु सिकाएर मलाई यो संसारलाई चिनाउन सहयोग पुरयाउँनु हुने आमाबुबा दाजु दिदीहरु छर छिमेक साथीभाइहरुलाई आफ्ना गुरुहरुका रुपमा संस्मरण गर्न चाहन्छु ।

त्यसपछि सबैभन्दा बढी जति बेला अबोध थियौ केही थाहा थिएन त्यस बेलामा हाम्रा हातका औंलाहरु समाएर लेख्न सिकाउने, पढ्न बोल्न सिकाउने श्री कालिस्थान माध्यमिक विद्यालय शनिश्चरे – ३ झापा का सम्पूर्ण गुरुबा गुरुमाहरुमा विशेष सम्झना तथा आभारी छु । उहाँहरुको सहयोगले आज संसारका कुना कुनामा पुग्न सकिएको छ , संसारलाई देख्न, बुझ्न, चिन्न र प्रयोग गर्न सकिएको छ ।


त्यसैले फेरी पनि म सम्पूर्ण गुरुबागुरुमाहरु तथा विद्यालय प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । यसरी सम्झनु पर्ने हाम्रा गुरुबा गूरुमाहरुमा
प्रधानाध्यापक श्री लक्ष्मीप्रसाद मिश्र
श्री भक्तिप्रसाद उप्रेती
श्री कृष्णप्रसाद चापागाईं
श्री केहरसिंह अधिकारी
श्री डिकबहादुर बस्नेत
श्री नीरबहादुर दाहाल
श्री कृष्णप्रसाद भट्टराई
श्री कुलप्रसाद अधिकारी
श्री किशोर खपाङ्गी
श्री रोहितकुमार खपाङ्गी
श्रीमती राधा मिश्र
श्रीमती चमेली विष्ट
श्री जगन पोखरेल
श्री माधवप्रसाद बिश्वकर्मा
श्री होमनाथ ढकाल
श्री विजय घिमिरे
श्री केदार पोखरेल
श्री डुकराज पोखरेल दाईलाई धेरै सम्झना ।

यसमा कोही छुट पुट हुनु भएको छ भने मेरा मित्रहरुले कमेन्टमा लेखि दिनु हुने छ । त्यहाँका त्यसबेलाका रमाइला पलहरुको सम्झना आलै छन साथीहरुलाई पनि त्यस्तै भै राखेकै होला ।

त्यसै गरी शनिश्चरे उच्च मा. वि.का सम्पूर्ण शिक्षक शिक्षिका तथा व्यवस्थापन समिति प्रति पनि आभारी छु ।
त्यसै गरेर यस गुरु पुर्णिमाको अवसरमा, कम्प्युटरको चलन चल्ती बढ्दै गरेका बेलामा कम्प्युटर शिक्षामा गुरु बन्ने श्री कुमार भट्टराई दाई तथा ओसिन कम्प्युटरलाई सम्झना, आभार तथा शुभकामना दिन चाहन्छु ।

त्यसै गरेर संगीतका मेरा गुरु संगीतज्ञ श्री विनय वर्मा, वाद्यवाद तबलामा गुरु संतोष वर्मा अन्य सांगीतिक मित्रहरु, गिटारका गुरु स्व. श्री किरण कार्की, त्यसै गरेर संगीतज्ञ श्री मधुसुदन खनाल, लगायत आस्थाका रुपमा मैले गूरु मान्ने संगीतकार श्री गोपाल योञ्जन तथा नारायण गोपालज्यहरुमा पनि सम्झना रुपी सम्मानहरु अनुभूत गर्दछु ।

त्यसै गरी जति पनि साथीभाइहरु हुनु हुन्छ वहाँहरु सबैले गर्नुभएको सर सहयोग प्रति वहाँहरुलाई पनि म गुरुको रुपमा स्वीकार गर्दछु ।

अनलाइन विकासका क्रममा प्राविधिक गूरुका रुपमा म गुगललाई पनि गूरुको एक हिस्सा दिन चाहन्छु ।
त्यसैले एकपटक सबैलाई सम्झना स्वरुप सबैमा सु–स्वास्थ्य, सुख शान्ति समृद्धि होस यहि छ गुरु पुर्णिमाको शुभकाना
ह्यापी गूरु पुर्णिमा
Continue Reading →

गुगल एडसेन्सका नयाँ विज्ञापन साइजहरु

Tuesday, June 03, 2014, Posted by Gyanu Basnet,


जुन ३ २०१४ देखि गुगल एडसेन्स ले दुई नयाँ विज्ञापन साइजहरु बजारमा थप गरेको छ । ती दुई साइजहरुमा 970 x 250 Billboard 300 x 1050 Portrait साइजहरु हुन जसले पव्लिसरलाई इनकम बढाउन मदत गर्ने कुरामा विश्वास गर्न सकिने आधार के  हो भने नयाँ साइज भएकाले वेवसाईट भिजिटरहरु प्रति पर्न जाने नयाँ अनुभव तथा यसप्रति ठूलो संख्यामा गुगुलका विज्ञापन दाताहरुलाई लिन सकिन्छ ।


New ad sizes for Google AdSense
New ad sizes for Google AdSense

विज्ञापन साइजहरु नयाँ भए पनि त्यहाँ डिस्प्ले हुने विज्ञापनहरु भने पुरानो साइजकै विज्ञापनहरु नयाँ साइजमा देखाइने छ जसले साइट तथा युजर दुवैमा नयाँपन थप्ने कुरामा दुइमत छैन । यस अर्थमा 300x250 साइजको विज्ञापनलाई 970 x 250 बिलबोर्ड नयाँ साइजमा देखाइने छ भने 160x600 साइजको पुरानो विज्ञापनलाई 300x1050 को पोरटेट साइजमा देखाइने छ ।

यी दुवै विज्ञापनहरु ठूला साइजका एड युनीट भएका कारणले गर्दा एउटा पेजमा एउटा मात्र विज्ञापन राख्न पाइने छ । एक पटक आफूले पनि नयाँ साइजको विज्ञापन राखेर इनकम बारे नयाँ अनुभव गरेर हेर्नुस ।

विज्ञापन राख्दा सधै पोस्टसँग व्यालेन्स मिलाएर राख्नुस अनि इमेजसँग जोडेर अथवा इमेजकै छेउमा तल माथि दाँया वायाँ गरेर नराख्नुस । जहिले पनि इमेजभन्दा तीन देखि चार वाक्य तल या माथि गरेर राख्नुस । एडसेन्स तथा ब्लग बारे नयाँ टिप्स, टेम्प्लेटहरु लिएर लगातार आउने प्रयासमा छु यसका लागि तपाईहरुले साथ दिनु हुनेछ भन्ने पूर्ण विश्वास पनि छ । यहाँ के छुटेमा अथवा तर्पाइका कुराहरु तलको कमेन्ट बक्समा लेख्नुहुन अनुरोध छ ।
Continue Reading →

NewsLine Blogger Template for creative websites

Tuesday, December 18, 2012, Posted by Gyanu Basnet,


Basnetg NewsLine is a Premium Blogger template. It features professional style blogger template for newspapers and magazine sites and works all major browsers, chrome,internet explorer,firefox,safari and opera. Please use this template for free but do not remove the designer link.Thanks

# Demo and Download Here >>
Continue Reading →

Xmas Day Blogger template

Thursday, December 13, 2012, Posted by Gyanu Basnet,


Xmas Day is a simple and nice Blogger template for blogs on the occasion of Christmas designed by basnetg.
 
Continue Reading →

सिएनएन हिरो २०१२ को उपाधि पुष्पा बस्नेतलार्इ CNN Hero 2012 Pushpa Basnet

Monday, December 03, 2012, Posted by Gyanu Basnet,



१८ मंसिर २०६९ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।

अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।

उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर  थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’


नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।

Continue Reading →

Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ

Thursday, September 20, 2012, Posted by Gyanu Basnet,


Pushpa Basnet लाई भोट गरी CNN Hero बनाउ , तपाईको एक भोटले पुष्पा बस्नेतलाई जिताउन सक्छ

५ असोज,काठमाडौँ । केहि समय अगाडी मात्र हेल्प नेपाल नेटवर्क लगायतका संस्थाहरुको  लागि अहोरात्र खटिएर भोट गरेका नेपालीहरुले अब फेरी त्यस्तै अर्को सामाजिक कार्यको लागि भोट गर्नु पर्ने भएको छ ।

अमेरीकी समाचार संस्था सिएनएनले हरेक वर्ष दिंदै आएको सिएनएन हिरोको मनोनयनमा नेपालकी पुष्पा बस्नेत परेकी छिन् । केबल न्यूज नेटवर्क सिएनएनले हिजो एक कार्यक्रममार्फत् सार्वजनिक गरेको सिएनएन हिरोज् २०१२ को उत्कृष्ट १० जनाको मनोनयनमा पुष्पा पनि परेकी हुन् । नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका बाबुआमाका सन्तानको लागि आवासीय हेरचाह तथा स्याहार केन्द्र संचालन गरिरहेकी पुष्पा बस्नेतलाई उनको त्यही योगदानस्वरुप सिएनएन हिरोजको लागि मनोनयन गरिएको हो ।


जेलको भित्ताभित्र विताइरहेका अबोध बालबालिकाहरूको अधिकारका लागि लडिरहेकि पुष्षा बस्नेत केहि अगाडि कोरियामासमेत सम्मानित बनिसकेकि छिन् ।

संसारकै  गौरव नेपालकी  चेलि समाजसेवी पुष्पा बस्नेत अहिले सँसारका हजारौ यस्तै समाजिक क्षेत्रमा योगदान दिनुहुने समाजसेवीबाट विश्वको सिएनएन हिरोको रूपमा १० जना भित्र छानिएकि छिन् । नेपालकि पुष्पा बस्नेतलार्इ हाम्रो सहयोगले समाजसेवामा समर्पित हुन हौसला मिल्छ भने हाम्रो हौसला मात्रै दिने हात किन पछाडि पार्ने? यस सिएनएन हिरोको प्रतिस्पर्धामा हाम्री नेपाली समाजसेवी पुष्पा बस्नेतलार्इ भोट दिएर सानो सानो सहयोगले उनका सपना पुरा गरानु हाम्रो दायित्व हुनेछ । त्यसैले आउनुहोस् पुष्पा बस्नेतलाइ मत दिएर सिएनएन हिरो बनाउन केहि समय खर्च गरौ ।


  

भोट कसरी गर्ने त?

1. यो लिङ्क http://edition.cnn.com/SPECIALS/cnn.heroes/2012.heroes/pushpa.basnet.html  मा क्लिक गर्नुहोस् ।



2. 'Vote Now' button मा क्लिक गर्नुहोस् ।



अथवा



 1. यो लिङ्क  http://heroes.cnn.com/ मा जानुहोस्

3. PUSHPA BASNET को फोटो वा नाममा क्लिक गर्नुहोस


4. इमेल टाइप गर्नुहोस् ।


5. तल देखिएको अक्षर तथा अङ्कहरू जस्ताको तस्तै टाइप गर्नुहोस् ।


6. तल VOTE बटनमा क्लिक गर्नुहोस् ।


उदाहरणका लागि: 
  

यदि तपाइले फेसबुक आइडीबाट भोट गर्नुहुन्छ भने दायाँ पट्टि लेखिएको फेसबुक लगइनमा क्लिक गरेपछि अर्को विन्डोको लगइन फेसबुकमा क्लिक गरेर पनि भोट दिन सक्नुहुनेछ ।


यहाँहरूले एउटै इमेल वा फेसबुकबाट एकदिनमा लगातार १० वटासम्म  भोट दिन सक्नुहुनेछ ।



यसपटक पनि विश्वभरका ६ राष्ट्रबाट १० जनालाई सिएनएन हिरोजको अन्तिम मनोनयनमा छानिएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये नेपालसँगै अफगानिस्तानकी एक महिला पनि मनोनयनमा परेकी छिन् । मनोनयनमा परेकालाई सिएनएनको आधिकारीक वेभसाईट वा मोबाईल फोनमार्फत भोटिङ गर्न सकिनेछ।

मनोनितहरुलाई अनलाईन भोटिङ गर्ने समय नोभेम्बर २८ तारीखसम्म तोकिएको छ भने डिसेम्बर २ तारीखमा विश्वभर प्रत्यक्ष प्रशारण हुने विशेष समारोहमार्फत सिएनएन हिरोजको उपाधि दिईनेछ।

मनोनयनमा परेका दशै जनाले उनीहरुको सामाजिक अभियानलाई निरन्तरता दिन ५० हजार अमेरीकी डलर सहयोग पाउनेछन् भने सिएनएन हिरोजको उपाधि जित्न सफल हुने एक जनाले थप २ लाख ५० हजार अमेरीकी डलरको सहयोग प्राप्त गर्नेछन् । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला प्रदान गर्न सिएनएनले ६ वर्ष अघिदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो ।


यसअघि चेलीवेटी वेचविखनविरुद्ध योगदान पु¥याएवापत नेपालकै अनुराधा कोईरालाले पनि सिएनएन हिरो उपमा पाइसकेकी छिन् ।Source=Saharasansar.com
Continue Reading →

Premium Blogger Template for News and Magazines

Saturday, August 18, 2012, Posted by Gyanu Basnet,


Premium Blogger Template for News, Newspaper  and magazine Basnetg Tiny News

Basnetg Tiny News is a Premium Blogger template theme meant for quickly starting up your own NEWS website on blogger. It features professional style blogger template for newspapers and magazine sites and user friendly,works all major browsers. The template is tiny but has lots of options and labels.This template is simple and best blogger template for newspaper and magazine sites. All you need to do is define which labels and categories posts will appear on the home page, because this template is lebalwise function of Javascript. Basnetg Tiny News is my another blogger premium template with 3-column/three columns,Widget-ready, fixed width, white, gray, blue, red, sidebar widgets template/theme created for blogger. I think this template also help you to boost your news website or other sites on blogger platform.Thanks enjoy it.
This template is free to use but you are not allowed to remove footer authors or  credits links so do not remove footer links for author.

How to use this template?


Contact me at: info@basnetg.com
Happy Blogging
Continue Reading →