गुरू पुर्णिमा र गुरूहरूको संस्मरण

Saturday, July 12, 2014, Posted by Gyanu Basnet,


आज असार २८ गते शनिबार, गुरु पुर्णिमा अर्थात गुरुहरुको सम्मान गर्ने दिन, स्मरण गर्ने दिन। आजको यस पावन अवसरमा धेरै मित्रहरुले आफ्ना गुरुहरुलाई सम्मान तथा सत्कार गरिसक्नु भयो होला । आफू विदेशी भूमीमा भएकोले स्मरण बाहेक केही छैन ।

सर्वप्रथम त मलाइ केही कुराहरु सिकाएर मलाई यो संसारलाई चिनाउन सहयोग पुरयाउँनु हुने आमाबुबा दाजु दिदीहरु छर छिमेक साथीभाइहरुलाई आफ्ना गुरुहरुका रुपमा संस्मरण गर्न चाहन्छु ।

त्यसपछि सबैभन्दा बढी जति बेला अबोध थियौ केही थाहा थिएन त्यस बेलामा हाम्रा हातका औंलाहरु समाएर लेख्न सिकाउने, पढ्न बोल्न सिकाउने श्री कालिस्थान माध्यमिक विद्यालय शनिश्चरे – ३ झापा का सम्पूर्ण गुरुबा गुरुमाहरुमा विशेष सम्झना तथा आभारी छु । उहाँहरुको सहयोगले आज संसारका कुना कुनामा पुग्न सकिएको छ , संसारलाई देख्न, बुझ्न, चिन्न र प्रयोग गर्न सकिएको छ ।


त्यसैले फेरी पनि म सम्पूर्ण गुरुबागुरुमाहरु तथा विद्यालय प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । यसरी सम्झनु पर्ने हाम्रा गुरुबा गूरुमाहरुमा
प्रधानाध्यापक श्री लक्ष्मीप्रसाद मिश्र
श्री भक्तिप्रसाद उप्रेती
श्री कृष्णप्रसाद चापागाईं
श्री केहरसिंह अधिकारी
श्री डिकबहादुर बस्नेत
श्री नीरबहादुर दाहाल
श्री कृष्णप्रसाद भट्टराई
श्री कुलप्रसाद अधिकारी
श्री किशोर खपाङ्गी
श्री रोहितकुमार खपाङ्गी
श्रीमती राधा मिश्र
श्रीमती चमेली विष्ट
श्री जगन पोखरेल
श्री माधवप्रसाद बिश्वकर्मा
श्री होमनाथ ढकाल
श्री विजय घिमिरे
श्री केदार पोखरेल
श्री डुकराज पोखरेल दाईलाई धेरै सम्झना ।

यसमा कोही छुट पुट हुनु भएको छ भने मेरा मित्रहरुले कमेन्टमा लेखि दिनु हुने छ । त्यहाँका त्यसबेलाका रमाइला पलहरुको सम्झना आलै छन साथीहरुलाई पनि त्यस्तै भै राखेकै होला ।

त्यसै गरी शनिश्चरे उच्च मा. वि.का सम्पूर्ण शिक्षक शिक्षिका तथा व्यवस्थापन समिति प्रति पनि आभारी छु ।
त्यसै गरेर यस गुरु पुर्णिमाको अवसरमा, कम्प्युटरको चलन चल्ती बढ्दै गरेका बेलामा कम्प्युटर शिक्षामा गुरु बन्ने श्री कुमार भट्टराई दाई तथा ओसिन कम्प्युटरलाई सम्झना, आभार तथा शुभकामना दिन चाहन्छु ।

त्यसै गरेर संगीतका मेरा गुरु संगीतज्ञ श्री विनय वर्मा, वाद्यवाद तबलामा गुरु संतोष वर्मा अन्य सांगीतिक मित्रहरु, गिटारका गुरु स्व. श्री किरण कार्की, त्यसै गरेर संगीतज्ञ श्री मधुसुदन खनाल, लगायत आस्थाका रुपमा मैले गूरु मान्ने संगीतकार श्री गोपाल योञ्जन तथा नारायण गोपालज्यहरुमा पनि सम्झना रुपी सम्मानहरु अनुभूत गर्दछु ।

त्यसै गरी जति पनि साथीभाइहरु हुनु हुन्छ वहाँहरु सबैले गर्नुभएको सर सहयोग प्रति वहाँहरुलाई पनि म गुरुको रुपमा स्वीकार गर्दछु ।

अनलाइन विकासका क्रममा प्राविधिक गूरुका रुपमा म गुगललाई पनि गूरुको एक हिस्सा दिन चाहन्छु ।
त्यसैले एकपटक सबैलाई सम्झना स्वरुप सबैमा सु–स्वास्थ्य, सुख शान्ति समृद्धि होस यहि छ गुरु पुर्णिमाको शुभकाना
ह्यापी गूरु पुर्णिमा