गुगल एडसेन्सका नयाँ विज्ञापन साइजहरु

Tuesday, June 03, 2014, Posted by Gyanu Basnet,


जुन ३ २०१४ देखि गुगल एडसेन्स ले दुई नयाँ विज्ञापन साइजहरु बजारमा थप गरेको छ । ती दुई साइजहरुमा 970 x 250 Billboard 300 x 1050 Portrait साइजहरु हुन जसले पव्लिसरलाई इनकम बढाउन मदत गर्ने कुरामा विश्वास गर्न सकिने आधार के  हो भने नयाँ साइज भएकाले वेवसाईट भिजिटरहरु प्रति पर्न जाने नयाँ अनुभव तथा यसप्रति ठूलो संख्यामा गुगुलका विज्ञापन दाताहरुलाई लिन सकिन्छ ।


New ad sizes for Google AdSense
New ad sizes for Google AdSense

विज्ञापन साइजहरु नयाँ भए पनि त्यहाँ डिस्प्ले हुने विज्ञापनहरु भने पुरानो साइजकै विज्ञापनहरु नयाँ साइजमा देखाइने छ जसले साइट तथा युजर दुवैमा नयाँपन थप्ने कुरामा दुइमत छैन । यस अर्थमा 300x250 साइजको विज्ञापनलाई 970 x 250 बिलबोर्ड नयाँ साइजमा देखाइने छ भने 160x600 साइजको पुरानो विज्ञापनलाई 300x1050 को पोरटेट साइजमा देखाइने छ ।

यी दुवै विज्ञापनहरु ठूला साइजका एड युनीट भएका कारणले गर्दा एउटा पेजमा एउटा मात्र विज्ञापन राख्न पाइने छ । एक पटक आफूले पनि नयाँ साइजको विज्ञापन राखेर इनकम बारे नयाँ अनुभव गरेर हेर्नुस ।

विज्ञापन राख्दा सधै पोस्टसँग व्यालेन्स मिलाएर राख्नुस अनि इमेजसँग जोडेर अथवा इमेजकै छेउमा तल माथि दाँया वायाँ गरेर नराख्नुस । जहिले पनि इमेजभन्दा तीन देखि चार वाक्य तल या माथि गरेर राख्नुस । एडसेन्स तथा ब्लग बारे नयाँ टिप्स, टेम्प्लेटहरु लिएर लगातार आउने प्रयासमा छु यसका लागि तपाईहरुले साथ दिनु हुनेछ भन्ने पूर्ण विश्वास पनि छ । यहाँ के छुटेमा अथवा तर्पाइका कुराहरु तलको कमेन्ट बक्समा लेख्नुहुन अनुरोध छ ।

No Comment