चोखो माया लाउँदा पनि...
चोखो माया लाउँदा पनि किन मलार्इ पाप लाग्यो

तिम्रा मनका कुराहरू नभने नि बुझ्थेँ मैले
सबै कुरा स्वीकारेर मनैभित्र पुज्थेँ मैले
अनायसै बिछोडिदा नसहिने ताप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो
चोखो माया लाउँदा पनि.....
आँखाभरी सागर छ एकान्तले रूझाएर
गाह्रो रैछ सम्हालिन घाइते मन बुझाएर
कुनै दिन नसोचेको कस्तो अभिषाप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो
चोखो माया लाउँदा पनि किन मलार्इ पाप लाग्यो
गल्ति मेरो हैन तर गल्ति भा कै छाप लाग्यो
ज्ञानु बस्नेत
मितिः २०६४–०७–१३गते
Post a Comment