डाँडा पारी जून आज रोए जस्तो लाग्छ /song lyrics

Monday, September 19, 2011, Posted by Gyanu Basnet,


          गीत

डाँडा  पारी जून आज रोए जस्तो लाग्छ 
काँडे हातले कोमल मुटु छोए जस्तो लाग्छ

पुर्णिमाको रातमा पनि एक्लै रुँदै बसेको
तप्किएर उल्कासरी हुँदैउदै खसेको
मेरो घाउमा तेजावले धोये जस्तो लाग्छ

सारा खुशी साथ थियो लाखौं तारा साथी थिए
एउटा दुख्ने मुटु मेरो तेही पनि च्यातिदिए
मेरो प्रितको सानो संसार तुये जस्तो लाग्छ  

No Comment