बगरमा ......

Sunday, June 19, 2011, Posted by Gyanu Basnet,


बगरमा आज उनी रुदै छन कि एक्लै
शहरमा कहालिदैं दुख्दैछन कि एक्लै

रातै भरी अँधेरिमा जूनको आस गर्दै
खोज्दा होलान यता उता पीरहरू भर्दै
क्षितिजमा बरालिन्दै डुब्दै छन कि एक्लै

यादहरूमा पीरतिको बुट्टा सजाउदै
आसमा होलान मिलनको रात कटाउदै
नयनमा रसाउदै सुक्दै छन कि एक्लै

No Comment