रोइदिन्छन आँखाहरु.....

Sunday, April 10, 2011, Posted by Gyanu Basnet,


रोइदिन्छन आँखाहरु तिमी देखे पछी
जिन्दगीको छुटाउनीमा चिट्ठी लेखे पछी

उकाली ओरालीमा भर कहीं छैन
उजाडियो पिपलु यो वर कहीं छैन
मैले हिंड्ने बाटोहरू तिम्ले छेके पछी

रिसाउनीमा सधैं तिम्ले खेपी रह्यौ मन
माया मेरो दोधारमा चेपिरहेउ झन
मेरो माया लत्याएर तिम्ले टेके पछी 

No Comment