फेसबुक टाइमलाइन कसरी हटाउने?

Friday, June 01, 2012, Posted by Gyanu Basnet,


फेसबुक टाइमलाइन कसरी हटाउने?


तपाईंले पनि Facebook Timeline Active गराउँनु भएको छ अनि त्योबाट दिक्क लागेको छ, अनि टाइमलाइन हटाउने उपायाको खोजीमा हुनुहुन्छ भने आउँनुहोस मैले मेरो टाइमलाइन हटाउन प्रयोग गरेको केही तरीकाहरु अपनाउनुहोस् पक्कै पनि सहयोग मिल्न सक्छ ।  फेरी पुरानै प्रोफाइलमा रमाउने मौका मिल्नेछ ।

टाइमलाइन हटाउने विधीहरुः
तपाईले फेसबुक प्रोफाइल साइन इन गरेपछि https://developers.facebook.com/apps  मा जानुस अथवा यो लिंक Developer Page मा क्लिक गर्नुहोस् । जहाँ तपाईंले टाइमलाइन एक्टीभ गराउँदा एप बनिएको हुन्छ । त्यहाँ गइसकेपछि Edit App मा क्लिक गर्नुस् ।

Facebook Timeline हटाउने एउटै मात्र उपाया भनेको App Delete गर्नु नै हो । तसर्थ Delete App मा क्लिक गरेपछि देब्रेपटि साइडबारको सबैभन्दा तल म्भभितभ ब्उउ हुन्छ त्यहाँ क्लिक गर्नुहोस् ।



त्यतिबेला एउटा मेसेज बक्स देखा पर्दछ, जहाँ हामीले डिलिसन कन्फर्म गर्नु पर्ने हुन्छ । त्यसैले Confirm मा क्लिक गर्नुहोस् । अब तपाईंको टाइमलाइन निस्क्रिय हुनेछ ।

नोटः टिप्स फेसबुक टाइमलाइन सार्वजनिक हुनुभन्दा पहिले Timeline Active गराउनु भएको छ र App Create भएको अवस्थामा मात्र लागू हुने छ। automatic timeline active भएको प्रोफाइलमा सबैमा काम नगर्न सक्छ ।
यो टिप्स तपाईंको लागि कत्ति को सहयोगी बन्यो आफ्ना प्रतिक्रियाहरु तथा थपजानकारीहरु तलको कमेन्ट बक्समा राख्नुहुन अनुरोध छ।

ब्लगर टेम्पलेटहरूको लागि यो लिकंमा जानुहोस् www.basnetg.com

No Comment