घुर्क्याउने नगर

Tuesday, December 28, 2010, Posted by Gyanu Basnet,


घुर्क्याउने नगर फकाउँछ भनेर
जिस्काउने नगर धकाउँछ भनेर

फूलपातमा,रातमा तिमीलार्इ सम्हाल्छु
नसोच कहिल्यै छकाउँछ भनेर

आँधीहुरी बतासमा, नबग हतासमा
खुसीहरू पलामै सकाउँछ भनेर

दोबाटोमा फाँटमा भौतारी शहरमा
नखोज घरबार बसाउँछ भनेर
©ज्ञानु बस्नेत २०५९

No Comment