वारी तरेँ खोला पारी तरेँ..

Friday, February 15, 2008, Posted by Gyanu Basnet,



वारी तरेँ खोला पारी तरेँ
आखिर तिम्रो सम्झनामा पल पल मरेँ


लोलाएका आँखाहरू यी तिमीमै अर्पिन्छन्
थामिएर पाइलाहरू यी तिमीलाई पर्खिन्छन्
नजिक नजिक बन्न खोजेँ झनै पर परेँ
आखिर तिम्रो सम्झनामा पल पल मरेँ
वारी तरेँ खोला पारी तरेँ


हाँस्न त लाग्छ मन आँसु पो झरी सक्यो
आँसुको सगरमा जीवन यो परी सक्यो
वरदान तिमी मेरो मैले अभिशाप गरेँ
आखिर तिम्रो सम्झनामा पल पल मरेँ
वारी तरेँ खोला पारी तरेँ

No Comment