दिन ढली साँझ पर्दा मलार्इ

Saturday, December 24, 2011, Posted by Gyanu Basnet,



                     गीत

(हेर्दा हेर्दै आकाशलार्इ बादलुले ढाक्यो)-2
दिन ढली साँझ पर्दा मलार्इ
(मायालुले डाक्यो)-2

हेर्दा हेर्दै आकाशलार्इ ..........


पहरा र छहरामा उमंगले भरिएर
सप्तरंगी इन्द्रेणीका रंगहरूमा छरिएर
पिरतीलार्इ सजाउन वसन्तले मलार्इ चाख्यो
दिन ढली साँझ पर्दा मलार्इ
(मायालुले डाक्यो)-2
हेर्दा हेर्दै आकाशलार्इ .....


खुशी छाउँदा मनभरी जुनजस्तै मुस्काएर
झरना झैं पहरामा सुसेली भै सुस्काएर
प्रतिध्वनी बनी मीठो पिरतीको भाका राख्यो
दिन ढली साँझ पर्दा मलार्इ
(मायालुले डाक्यो)-2
हेर्दा हेर्दै आकाशलार्इ ......


(हेर्दा हेर्दै आकाशलार्इ बादलुले ढाक्यो)-2
दिन ढली साँझ पर्दा मलार्इ
(मायालुले डाक्यो)-2




रचना मितिः २०५६ साल मंसीर ११ गते







2 Comments

Anonymous @ December 24, 2011 at 2:17 PM Best Blogger Tips [यो कमेन्टलार्इ जवाफ दिनुस्(Reply)] Sahitya Manjaree

Nice song really nice! keep it up!

Gyanu Basnet @ December 28, 2011 at 8:27 AM Best Blogger Tips [यो कमेन्टलार्इ जवाफ दिनुस्(Reply)] Sahitya Manjaree

Thanks for comments!